Logo

बिहीबार थपिए ४३४ कोरोना संक्रमित : देशभर संक्रमितको संख्या ११ हजार नाघ्यो, निको हुने २६ सय १६

बिहीबार थपिए ४३४ कोरोना संक्रमित : देशभर संक्रमितको संख्या ११ हजार नाघ्यो, निको हुने २६ सय १६



काठमाडौं । देशभर कोरोना भाइरस संक्रमितको संख्या ११ हजार नाघेको छ। बिहीबार देशका विभिन्न जिल्लामा ४३४ संक्रमित थपिएपछि नेपालमा कुल संक्रमितको संख्या ११ हजार १६२ पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेशवर गौतमले जानकारी दिए।

पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३८६ पुरुष र ४८ महिला गरी कुल ४३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।

तीमध्ये १० हजार २० महिला र नौ हजार ११४२ पुरुष छन् । मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार अहिलेसम्म दुई हजार ६५० जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

हालसम्म ७६ जिल्लामा सङ्क्रमण देखिएको छ । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २६ जना पुगेको छ । मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना जित्नेको संख्या भने दुई हजार ६ सय १६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्