Logo

विमानस्थलका कर्मचारीलाई गोजि रहित पोसाक , विरोधमा कर्मचारी

विमानस्थलका कर्मचारीलाई गोजि रहित पोसाक , विरोधमा कर्मचारी


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२४ भदौ,काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले मजदुरहरुलाई गोजि नभएको पोसाक अनिवार्य गर्ने भएको छ ।

विमानस्थलभित्र लोड अनलोड गर्ने मजदुरहरुका लागि यस्तो नियम लागु गर्न लागेको हो । यसअघि अख्तियार दुरुपयोग अनुशन्धान आयोगले २०६५ साल मंसिर १७ गते टिआइएका कर्मचारीलाई गोजी नभएको पोसाक लगाउन पत्राचार गरेको थियो ।

हाल संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अख्तियारकै पत्रअनुसार भन्दै मजदुरलाई गोजि रहित पोसाक अनिवार्य गर्न विमानस्थललाई पत्राचार गरेको छ ।

यसैवीच नेपाल ट्रेकिङ ट्राभल्स र्याफ्टिङ यूनियन(यूनिट्राफ) ले मन्त्रालयको सो निणर्यको विरोध गरेका छन् । ‘ठगी गर्ने उपल्लो दर्जाका कर्मचारी, भारी बोक्नेलाई यस्तो नियम लगाइनु गैरकानुनी हो’ यूनिट्राफका महासचिव सुमन पराजुलीले भने । उनका अनुसार गोजि नभएको कपडा लगाउँदा मोवाइल, रुमाललगायत अत्यावश्य सामग्री समेत राख्न नपाइने भन्दै विरोध जनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL