काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र पर्ने जग्गाको मूल्य तोकेको छ । महानगरपालिकाले बुधबार आर्थिक बर्ष २०७७ ७८ को आर्थिक बजेट विनियोजनमार्फता महानगरभित्र पर्ने जग्गाको मूल्य तोकेको हो ।
महानगरले जग्गाको सबैभन्दा कम मूल्य प्रति आना ४ लाख रुपैयाँ तोकेको छ भने सबैभन्दा बढी मूल्य ५० लाख रुपैयाँ प्रतिआना तोकेको छ । महानगरका अनुसार केशरमहलदेखि सिंहदरबारसम्मको जग्गाको प्रतिआना ५० लाख रुपैयाँ तोकिएको छ ।
यस्तै अन्य क्षेत्रको भने ४ लाख देखि ४० लाखसम्म अर्था बाटोको पहँुच सेवा सुविधाका आधारमा मूल्य तोकिएको छ ।