Logo

एफएनसीसीआइका अध्यक्ष मुरारकाको उद्योगमा तोडफोड, क्षतिको विवरण आउन वाँकी

एफएनसीसीआइका अध्यक्ष मुरारकाको उद्योगमा तोडफोड, क्षतिको विवरण आउन वाँकी


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२४ भदौं, काठमाडौं । आन्दोलनकारीले अर्घाखाँची सिमेन्टमा तोडफोड गरेका छन् । भैरहवामा रहेको उक्त सिमेन्ट कारखानामा गए राती आन्दोलनकारीले उद्योग तोडफोड गरेका हुन् ।

आन्दोलनकारीले रातको समयमा आएर उद्योग तोडफोड गरेको सिमेन्टका संचालक तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले जानकारी दिए । साथै, आन्दोलनकारी समूहले सुरक्षा गार्डलाई कुटपिट गरी सीसीटिभी समेत फुटाएर तोडफोड गरेको उनको भनाइ छ । उद्योग भित्र रहेको ट्रिपर तथा अन्य सामग्रीमा समेत तोडफोड गरेको उनले जानकारी दिए । तर, कति क्षति भएको छ भन्ने यथार्थ जनाकारी नआइसकेको उनको भनाइ थियो ।

उनका अनुसार आन्दोलनकारीले केही समय अघिदेखिन उद्योग नचलाउन धम्की दिँदै आएका थिए । हिजो मात्रै महासंघका अध्यक्ष मुरारकासहितको टोलीले आन्दोलनरत मधेशी नेताहरुसँग आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह गरेका थिए । महासंघले बन्द, हड्तालले अर्थतन्त्र ध्वस्त हुन थालेको भन्दै फिर्ता लिन आग्रह गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL