Logo

रामदेवको पतञ्‍जलिले बनाएको कोरोनाको औषधि प्रयोगमा रोक, परीक्षण नभइ औषधिको प्रचार नगर्न निर्देशन

रामदेवको पतञ्‍जलिले बनाएको कोरोनाको औषधि प्रयोगमा रोक, परीक्षण नभइ औषधिको प्रचार नगर्न निर्देशन



काठमाडौं । योग गुरू बाबा रामदेवको कम्पनी पतञ्‍जलिले बनाएको भनिएको कोरोना भाइरसविरुद्धको आयुर्वेदिक औषधिको प्रचार र प्रयोगमा भारत सरकारले रोक लगाइदिएको छ।

भारतको आयुष मन्त्रालयले पतञ्‍जलि ग्रुपलाई निर्देशन दिँदै मंगलबार यस औषधिको परीक्षण नहुन्जेल प्रचार(प्रसार नगर्न निर्देशन दिएको छ। यसका साथै उत्तराखण्ड सरकारको लाइसेन्सिङ्‍ग अथोरिटीबाट यस उत्पादनको अनुमतिपत्रको प्रतिलिपि पनि मगाइएको छ।

मंगलवार बिहान पतञ्‍जलि आयुर्वेदका प्रमुख योग गुरू बाबा रामदेवले कोरोना भाइरसबाट बच्‍न कोरोनिल नामक आयुर्वेदिक औषधि सार्वजनिक गर्दै यसबाट बिरामी ठीक भइरहेको जिकिर गरेका थिए। उनले यो घोषणा गरेसँगै कोरोनाको गम्भीर संकटतर्फ धकेलिइरहेको भारतमा खुसीयाली छाएको थियो। तर यो खुसी साँझसम्म मात्रै टिक्यो, आयुष मन्त्रालयले पतञ्‍जलिलाई औषधिको प्रचार नगर्न निर्देश दिएको छ।

मन्त्रालयले उसको रिसर्चको पूरा विवरण उपलब्ध गराउन पनि भनेको छ। पतञ्‍जलिको कोरोना ट्याब्लेटबारेमा आयुष मन्त्रालयले यस औषधिको वैज्ञानिक परीक्षण नगरी विश्‍वास गर्न नसकिने जनाएको छ। आयुष मन्त्रालयले पतञ्‍जलि आयुर्वेद लिमिटेडबाट कोभिडको औषधिको कम्पोजिशन, रिसर्च र स्याम्पल साइजसमेत सबै जानकारी सार्वजनिक गर्न भनेको छ।

कोरोना कुनै साधारण रोग होइन, यो बिलकुल नयाँ भाइरस हो। यसको औषधि र भ्याक्सिन बनाउन भारतभरका वैज्ञानिक पनि जुटेका छन्। कोरोना महामारीको औषधि बनाउन कुनै नि कम्पनीले मन्त्रालयको अनुमति लिनुपर्ने हुन्छ। यस्तोमा कुनै पनि कम्पनीले कोरोनाको औषधि बनाएको दाबी स्वतस् गर्न पाउँदैनन्। कुनै नयाँ भ्याक्सिन या औषधि बनाउँदा अनिवार्यरुपमा सरकारबाट अनुमति लिनुपर्ने हुन्छ।

त्यसपछि मात्रै त्यो कम्पनीले औषधि बनाउन पाउँछन्। कुनै पनि कम्पनीले बजारमा गएर कोरोनाको औषधि भनेर दाबी गर्न पनि पाउँदैनन्। मन्त्रालयले पतञ्‍जलि ग्रुपलाई यस औषधिको वैज्ञानिक परीक्षण नभएसम्मका लागि कुनै किसिमको प्रचार प्रसार नगर्न पनि निर्देशन दिएको छ। बाबा रामदेवले मंगलवार कोरोनाको आयुर्वेदिक औषधि बनाएको जिकिर गरेका थिए। कोरोनिल नामको यो औषधि उनले सार्वजनिक गरेका थिए। यस औषधिबाट कोरोनाका बिरामी ठीक भएको दाबी उनले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
MBL