Logo

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो, २२ सय बढी निको भएर घर फर्किए

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो, २२ सय बढी निको भएर घर फर्किए



काठमाडौं । मंगलबार नेपालमा ५ सय ३८ कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५ सय ३८ संक्रमित थपिएका हुन ।

आजै उक्त संख्यामा थप संक्रमित थपिएसँगै आजसम्म कुल संक्रमितको संख्या १० हजार ९९ पुगेको छ। पछिल्लो २४ घण्टामा ७६ कोरोनाका विरामी निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।

हालसम्म २ हजार २ सय १८ जना निको भएर घर फर्किएका छन्। त्यस्तै मृतक २४ जनामा कोरोनाभाइरस देखिएको छ। आज कुल ४ हजार ९ सय ९५ जनाको पिसिआर परीक्षण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्