Logo

मंगलबार ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

मंगलबार ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं, । अहिलेसम्मकै महंगो भएको सुनको मूल्य मंगलबार तोलामा ४ सय रुपैयाँ घटेको हो । आज सुन तोलाको ९० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुनको भाउ तोलामा ९१ हजार रुपैयाँ पुगेको थियो । सोमबारको उक्त मुल्य अहिलेसम्मै महंगो हो ।

त्यस्तै, आज चाँदी तोलाको १० रुपैयाँ घटेर ९ सय ४० रुपैयाँ कायम भएको छ । चाँदी हिजो तोलाको ९ सय ५० रुपयाँ थियो ।

महासंघका अनुसार कोरोना सङ्क्रमणको जोखिमपछि लकडाउनका कारण सुनचाँदीको मूल्य बढेको र कारोबार घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL