Logo

पर्यटनमन्त्री सहभागी जुम मिटिङमा जब पोर्न भिडियो प्ले भयो

पर्यटनमन्त्री सहभागी जुम मिटिङमा जब पोर्न भिडियो प्ले भयो



काठमाडौं । सोमबार नेपाल पर्यटन बोर्डले भिडियो कन्फ्रेन्स एप जुममार्फत आयोजना गरेको अनलाईन पत्रकार सम्मेलनमा एकाएक अश्लिल (पोर्न) भिडियो बज्यो । संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई समेत सहभागी उक्त कार्यक्रममा पर्यटनमन्त्री भट्टराई बोल्दाबोल्दै बिचमै ह्यारिस नामक प्रयोगकर्ताबाट यस्तो भिडियो चल्यो ।

सबै जना चकित भए हतार हतार भिडियो काटियो । पछि मन्त्रीले आफ्नो सम्बोधनलाइ निरन्तरता दिए । यसरी मिटिख्मा पोर्न भिडियो बजेको बारे मन्त्रालयले छानविनका लागि निर्देशन दिएको छ । यसले साईबर सुरक्षामा गम्भिर सुरक्षा चुनौतिसमेत थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL