Logo

बीमा कम्पनीलाई कोरोना रिलिफ, बीमा समितिको अनुमति विनै टेक्निकल रिजर्भ कोषलाई मुद्दतिमा राख्न सकिने

बीमा कम्पनीलाई कोरोना रिलिफ, बीमा समितिको अनुमति विनै टेक्निकल रिजर्भ कोषलाई मुद्दतिमा राख्न सकिने



काठमाडौं । बीमा कम्पनीहरुले अब आफ्नो टेक्निकल रिजर्भ कोषको रकम सिधै क बर्गका वाणिज्य बैंकमा मुद्दति निक्षेपको रुपमा राख्न सक्ने भएका छन । बीमा समितिले बीमा कम्पनीहरुलाई कोरोना भाईरसको महामारीका कारण लगानीका लागि पूर्व स्वीकृति दिन नसकिएको भन्दै यस्तो व्यवस्था गरेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

यसअघि बीमा कम्पनीहरुले लगानी गरी सोल्भेन्सी मार्जिनमा गणना गर्नका लागि समितिसँग निर्देशन लिनुपर्ने थियो । तर महामारीका कारण समितिले यस्तो निर्देशन दिन अप्ठ्यारो भएपछि यस्तो व्यवस्था गरिएको उनको भनाई छ । समितिले आईतबार एक सर्कुलर जारी गर्दै कोषको रकम वाणिज्य बैंकमा मुद्दति निक्षेपमा राखेर सोल्भेन्सी मार्जिनमा गणना हुने बताएको हो ।

बीमकको लगानी सम्बन्धी निर्देशिका २०७५ मा कूल टेक्निकल रिजर्भलाई आधार मानेर सोको सीमाभित्र लगानी गर्नुपर्ने व्यवस्था भएको र निर्देशिकामा तोकिएको सीमाभन्दा बढि भएकोमा समितिको पूर्व स्वीकृति लिई मात्र लगानी गर्न सकिने व्यवस्था रहेको समितिद्वार जारी सर्कुलरमा उल्लेख छ ।

विश्वभरि फैलिएको कोरोना भाइरसका कारण बीमकहरुबाट माग भएको लगानी स्वीकृत गर्न व्यवहारिक कठिनाई भएको हुँदा बीमकहरुलाई नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क बर्गका बैंकहरुको मुद्दति निक्षेपमा बीमकको आफ्नै निर्णय अनुसार लगानी गर्न दिई सो रकमलाई सोल्भेन्सी प्रयोजनार्थ गणना योग्य सम्पत्तिमा समावेश हुने भएको छ ।

बीमा कम्पनीलाई कोरोना रिलिफ, बीमा समितिको अनुमति विनै टेक्निकल रिजर्भ कोषलाई मुद्दतिमा राख्न सकिने


प्रतिक्रिया दिनुहोस्
MBL