Logo

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन साउनको अन्तिम साता, तोकियो भेन्यु

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन साउनको अन्तिम साता, तोकियो भेन्यु



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा साउनको अन्तिम साता गर्ने निर्णय भएको छ ।

महासंघको आइतबार बसेको पदाधिकारी बैठकले सर्वसम्मत रूपमा साउन अन्तिम साता साधारणसभा गर्ने निर्णय गरेको हो । महासंघको चुनावी मिति तोक्ने विषयमा लामो समयदेखि विवाद भएपनि आज सबेको पदाधिकारी बैंठकले साउनको अन्तिम साता सर्वसम्म रुपमा महासंघको ५४ साधारणसभा एवं निर्वाचन गर्ने निर्णय भएको हो ।

पदाधिकारी बैंठकले आज गरेको उक्त निर्णयलाई महासंघको सोमबार बस्ने कार्यसमिति बैठकले अनुमोदन गर्ने महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए । ‘आजको पदाधिकारी बैंठकले साउनको अन्तिम साता साधारणसभा एवं निर्वाचन गर्ने निर्णय गरेको छ,’ उनले भने, ‘सम्भवत साउनको २६ र २७ गतेलाई मिति तोकिने छ ।’

महासंघमा निर्वाचनको मिति तय गर्ने सम्बन्धमा दुई पक्षबीच विवाद हुँदै आएपनि आईतबार भएको बैंठकले भने सर्वसम्मत रुपमा साधारणसभा गराउने निर्णय गरेको हो । महासंघका अध्यक्षलगायतको टीम तत्काल निर्वाचन नगरी वाधा अड्काउन फुकाउबाट अघि बढ्ने पक्षमा थिए भने उपाध्यक्ष चन्द्रप्रसाद ढकाल पक्षले भने महासंघलाई अन्यौलमा नराखी चुनाव गराएर नयाँ नेतृत्व प्रदान गरेर अघि बढ्नु अडान राख्दै आएका थिए ।

महासंघकाले बैठकले ललितपुरको हेरिटेज गार्डेनमा आफ्नो साधारणसभा गर्ने भएको छ । २०७६ साल चैत २७ र २८ गते हुनुपर्ने महासंघको ५४ औं साधारणसभा कोरोना कारण पछि धकेलिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL