काठमाडौं । चर्चित नायिका निरिषा बस्नेतले कोरोनाभाइरसलाई जित्न सफल भएकी छिन् । केही समयअघि कोरोनाभाइरसको संक्रमण देखिएपछि उनी मुम्बइको एक अस्पतालमा भर्ना भएकी थिइन् ।
उनी अहिले कोरोनाबाट मुक्त भएको बारे उनका पिता विश्व बस्नेतले जानकारी गराएका छन् ।
नेपाली चलचित्र ‘घजानी नजानीुमा मुख्य अभिनेत्रीको भूमिका निभाएकी निरिषा अहिले भारतको मुम्बईमा रहेर सिरियलमा काम गरिरहेकी छिन् ।
मुम्बर्इमा रहेर सिरियलमा काम गर्दा गर्दै नेपाली चलचित्रमा प्रवेश गरेकी उनले चलचित्र जानी नजानी बाट डेब्यु गरेकी हुन् । उनले भारतीय सिरियल चन्द्र नन्दिनीमा पनि काम गरि सकेकी छिन् ।