Logo

विदेशमा अलपत्र नेपाली उद्दार क्रम जारी, दोहाबाट आईपुगे १४९ नेपाली

विदेशमा अलपत्र नेपाली उद्दार क्रम जारी, दोहाबाट आईपुगे १४९ नेपाली



काठमाडौं । कतारको दोहाबाट आइतबार १४९ जना नेपालीहरु काठमाडौं आईपुगेका छन् । कोरोना भाईरसका कारण विदेशमा अलपत्र परेका नेपालीहरु आईतबार बिहानै नेपाल एयरलाईन्समार्फत काठमाडौं आईपुगेका हुन् ।

सरकारले विदेशमा अलपत्र परेका नेपाली नागरिकहरुको उद्धार कार्य अघि बढाएको छ । जसअनुसार आईतबार पहिलो चरण अन्तर्गत पहिलो चरणमा उक्त नेपालीहरु काठमाडौं आएका हुन ।

उक्त उडानमा २९ जना सुत्केरी÷गर्भवतीसहित ८२ जना महिला, ३ जना नाबालक र ६४ जना पुरुष रहेको नेपाली दूतावासले जनाएको छ । उनीहरूलाई दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूत नारदनाथ भारद्वाज, दूतावासका कर्मचारीलगायतले विदाई गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्