Logo

शनिबार नेपालभर ३३१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८६०५ पुग्यो

शनिबार नेपालभर ३३१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८६०५ पुग्यो



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार आज मात्रै उक्त संख्यामा थप संक्रमित भेटिएका हुन । यसरी आजै उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६ सय ५ जना पुगेको छ ।

हालसम्म १ लाख २ हजार २ सय जना क्वारेन्टाईनमा रहेका छन भने ७ हजार ५ सय जना आईसोलेसनमा रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोना जितेर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या भने १ सय ७६ जना डिस्चार्ज भएका छन् । हालसम्म १ हजार ५ सय ७६ जना डिस्चार्ज भईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्