Logo

सांसद सरिता गिरीविरुद्ध जन्मकैदको माग सहित जाहेरी

सांसद सरिता गिरीविरुद्ध जन्मकैदको माग सहित जाहेरी



काठमाडौं । समाजबादी पार्टीकी सांसद सरिता गिरीविरुद्ध महानगरीय प्रहरी कार्यालय टेकुमा शुक्रबार बेलुका जन्म कैदको माग गर्दै जाहेरी परेको छ ।

जाहेरीमा गिरीलाई मुलुकी अपराध संहिता, २०७४ को दफा ४९ को (५ क) उपदफा १० वा २० बमोजिमको कसुरमा कारबाहीको माग गरिएको छ । उक्त कानुनमा राज्यविरुद्ध कसुर ठहर भएका जोकोहीलाई जन्मकैदको सजाय हुने व्यवस्था छ ।

गिरीले नेपाली भूमी लिपुलेक र लिम्पियाधुरासहितको नयाँ नक्सा जारी गरिएको भन्दै सरकारको संशोधन विधेयकमाथि प्रतिनिधिसभा बैठकमा संशोधन दर्ता गरेकी थिइन् । उनको पार्टीले समेत उनलाईा पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्