Logo

राति १० बजेदेखि बिहान ५ बजेसम्म बाहिर हिँडडुलमा प्रतिबन्ध, निर्माण क्षेत्रमा १० जनाभन्दा बढी भेला हुन नपाईने

राति १० बजेदेखि बिहान ५ बजेसम्म बाहिर हिँडडुलमा प्रतिबन्ध, निर्माण क्षेत्रमा १० जनाभन्दा बढी भेला हुन नपाईने



काठमाडौं । सरकारले राति १० बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिँडडुलमा प्रतिबन्ध लगाएको छ । शुक्रबार गृहमन्त्रालयले एक सूचना जारी गर्दै अत्यावश्यक काम बाहेक राति १० बजेदेखि विहान ५ बजेसम्म बाहिर हिँडडुल गर्न प्रतिबन्ध लगाएको हो ।

यस्तै गृह मन्त्रालयले विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायतका कार्यमा पनि १५ जनाभन्दा बढी आगन्तुक भेला नहुन निर्देशन दिएको छ । उत्पादनमूलक क्रियाकलाप, उद्योग, भौतिक पूर्वाधार तथा विकास निर्माण लगायतमा एक स्थानमा एक पटकमा १० जनाभन्दा बढी भेला हुन नपाइने मन्त्रालयको सूचनामा उल्लेख छ ।

यस्तै गृहले विभिन्न कामहरु गर्दा न्युनतम भौतिक दुरी कायम गर्न समेत निर्देशन दिएको छ । यस्तै मन्त्रालयले आफ्नो सूचनामा उत्पादनमूलक क्रियाकलाप, उद्योग, भौतिक पूर्वाधार तथा विकास निर्माण लगायतमा एक स्थानमा एक पटकमा १० जनाभन्दा बढी भेला हुन नपाइने समेत उल्लेख गरेको छ ।


प्रतिक्रिया दिनुहोस्
MBL