Logo

लगानी बोर्डले माग्यो नयाँ सीईओ नियुक्तिका लागि आवेदन, यस्ता छन् प्रावधान

लगानी बोर्डले माग्यो नयाँ सीईओ नियुक्तिका लागि आवेदन, यस्ता छन् प्रावधान



काठमाडौं । लगानी बोर्डले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि आवेदन माग गरेको छ । बोर्डका तत्कालिन सीईओ महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएसँगै खाली भएको उक्त पद पूर्तिका लागि बोर्डले आवेदन माग गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सार्वजनिक गरेको सूचनामा सूचनामा योग्यता पुग्ने ईच्छुक व्यक्तिले १५ दिनभित्रमा दरखास्त दिन सक्ने उल्लेख छ ।

बोर्डको सिइओ हुन अर्थशास्त्र, व्यवस्थापन, वाणिज्यशास्त्र, कानुन, इन्जिनियरिङ वा विकाससम्बन्धी विषयमा कम्तिमा स्नातकोत्तर तह उत्तीर्ण गरी परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक–निजी साझेदारी, लगानी प्रवर्द्धन, विकास प्रशासन, बैङ्किङ, वित्तीय क्षेत्र तथा औद्योगिक व्यवस्थापनमा १० वर्ष काम गरेको अनुभव हुनुपर्ने उल्लेख छ ।

यस्तै उक्त पदमा रहेका महाप्रसाद अधिकारी आफ्नो कार्यकाल नसकिदै राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका थिए । सोही अनुसार पछिल्लो ३ महिनादेखि उक्त पद रिक्त रहेको थियो । तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ठुला परियोजना अघि बढाउन उक्त बो गठन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्