Logo

रोकिएन सुनको मूल्यवृद्धि, शुक्रबार कतिमा हुँदैछ कारोबार ?

रोकिएन सुनको मूल्यवृद्धि, शुक्रबार कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । शुक्रबार पनि नेपालमा सुनको मूल्य बढ्ने क्रम रोकिएन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य १ सय रुपैयाँले बढेको छ ।

यसरी शुक्रबार १ सय रुपैयाँले सुनको मूल्य वृद्धि हुँदा सुनको मूल्य प्रतितोला ८९ हजार ९ सय रुपैयाँ पुगेको छ । बिहीबार सुन प्रतितोला ८९ हजार ८ सय रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको थियो ।

यस्तै बिहीबार चाँदीको मूल्यमा भने प्रतितोला ५ रुपैयाँको गिरावट आएको छ । बिहीबार चाँदी प्रतितोला ९ सय ३५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्