Logo

रानीपोखरी र खुलामन्च जोड्ने अन्डरपास बनाईँदै, काठमाडौंका यी स्थानमा बनाईनेछ फ्लाईओभर

रानीपोखरी र खुलामन्च जोड्ने अन्डरपास बनाईँदै, काठमाडौंका यी स्थानमा बनाईनेछ फ्लाईओभर



काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी बर्ष रानीपोखरी र खुलामन्च जोड्ने गरी अन्डरपास बनाउने भएको छ । आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा रानीपोखरी र खुलामन्च तथा तिलगंगा र पशुपति क्षेत्र जोड्ने अन्डरपास बनाउने बताएको छ ।

यस्तै सोह्रखुट्टे –खुशिंबुँ–नयाँबजार चोक, मित्रपार्क चोक, चाबहिल बौद्ध खण्डमा आकाशेपुल, त्रिपुरेश्वरबाट सानेपा जोड्ने नयाँपुलदेखि टेकु कालिमाटीसम्म बागमती किनारामा फ्लाईओभर तथा अन्य संभाब्य स्थानहरुमा फ्लाईओभर, अण्डरपास तथा पूर्वाधारको संभाव्यता अध्ययन, डिजाइन तथा निर्माण गरिने भएको छ ।

यसका लागि काठमाडौं महानगरपालिकाले सम्बन्धित संस्थासँग समन्वय तथा सहकार्य गर्ने भएको हो । यस्तै महानगरपालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा काठमाडौंका विभिन्न फुटपाथहरुलाई व्यवस्थित तथा चौडासमेत गर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्