Logo

बुधबार नयाँ रेकर्ड बनाएको सुनको मूल्य कति पुग्यो आज, कतिमा विक्री हुँदैछ नेपाली बजारमा ?

बुधबार नयाँ रेकर्ड बनाएको सुनको मूल्य कति पुग्यो आज, कतिमा विक्री हुँदैछ नेपाली बजारमा ?



काठमाडौँ । विहिबार सुनको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य बुधबारकै मूल्य अर्थात प्रतितोला ८९ हजार ८०० मा कारोवार भइरहेको छ ।

यसअघि बुधबार पनि सुन प्रतितोला ८९ हजार ८०० मा नै कारोवार भएको थियो । सो मूल्य नेपाली बजारमा अहिलेसम्मकै महँगो मूल्य हो । आज तेजावी सुनको मुल्य ८९ हजार ३६५ रहेको महासंघले जानकारी दिएको छ ।

त्यस्तै शुक्रबार चाँदीको मुल्यमा सामान्य वृद्धि भएको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ९३५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्