Logo

नयाँ नक्शाअनुसार नेपालको निशान छाप परिवर्तन गर्न संविधान संशोधन विधेयक राष्ट्रियसभाबाट आज पारित गरिँदै

नयाँ नक्शाअनुसार नेपालको निशान छाप परिवर्तन गर्न संविधान संशोधन विधेयक राष्ट्रियसभाबाट आज पारित गरिँदै



काठमाडौं । राष्ट्रियसभामा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि दफाबार छलफल भइरहेको छ । आजै पारित गर्ने विधेयकमाथिको छलफलमा भाग लिँदै सांसदहरुले नेपालको नक्सा अनुसारको भूमि फिर्ता गर्नुपर्ने बताएका छन् ।

राष्ट्रियसभामा नेकपाका दलका नेता दिनानाथ शर्माले राष्ट्र नै एक भएको बेला संविधान संशोधन गर्दै सबै एक भएर भूमि फिर्ता गर्नुपर्ने बताए । उनले भने कुनै समयमा भूलवश नक्सामा छुटेको भूमि अहिले सरकारले जारी गरेको नक्सा अनुसारको भूमि फिर्ता गर्न भारत तयार हुनुपर्ने बताए ।

कांगे्रसका सांसद राधेश्याम अधिकारीले नक्सामा छुटेको भूमिलाई नक्सामा ल्याए जस्तै जमिन फिर्ता गर्नेपर्ने बताए । उनले भने कालापानीबाट भारतीय सेना फिर्ता गर्दै नेपालको नागरिक शासन शुरु गर्नुपर्ने बताए ।

३१ जेठमा प्रतिनिधिसभाबाट सर्वसम्मतिबाट पारित भएको विधेयक ३२ जेठमा राष्ट्रियसभामा प्रवेश गरेको र आज पारित हुने कार्यसूची संसद सचिवालयले प्रकाशित गरेको छ । पारित गर्नुअघि अहिले दफावार छलफल भइरहेको र यसपछि दस्तखतसहितको मत विभाजन हुनेछ । सोही मतको आधारमा संविधान संशोधन प्रस्ताव पारित सम्बन्धी निर्णय हुनेछ ।

विधेयक पारित गर्न राष्ट्रिय सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्या ५८० को दुईतिहाइ बहुमत आवश्यक पर्दछ । लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको भूभाग समेटेर सरकारले ७ जेठमा नयाँ नक्सा जारी गरेपछि नेपालको निशान छाप परिवर्तन गर्न संविधान संशोधन गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL