Logo

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला ८९ हजार ८ सयमा कारोबार हुँदै

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला ८९ हजार ८ सयमा कारोबार हुँदै



काठमाडौं । बुधबार पनि नेपालमा सुनको मूल्य बढ्ने क्रम जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ८९ हजार ८ सय रुपैयाँ पुगेको छ । मंगलबार प्रतितोला ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज १०० रुपैयाँ बढेको हो ।

यस्तै, महासंघका अनुसार तेजावी सुनको भाउ ८९ हजार ३६५ रुपैयाँ पुगेको छ । यससँगै सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो ।

विश्वभर कोरोना भाइरसका कारण अर्थतन्त्रमा उतार चढाब आइरहँदा नेपालमा सुनको भाउ उच्च विन्दूमा पुगेको हो ।

महासंघको तालिका अनुसार आज सुनसँगै चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला ९३० रुपैयाँमा किनबेच भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्