Logo

कोरोना लाग्ने बितिक्कै बिरामी पर्नेबाट संक्रमण सर्ने बढी खतरा, बिरामी पर्नेहरुबाट सर्ने कोरोना नियन्त्रण गर्न गाह्रो पनि हुने

कोरोना लाग्ने बितिक्कै बिरामी पर्नेबाट संक्रमण सर्ने बढी खतरा, बिरामी पर्नेहरुबाट सर्ने कोरोना नियन्त्रण गर्न गाह्रो पनि हुने



काठमाडौं। नेपालमा कोरोना संक्रमितहरुमा जटिल खालको समस्या नदेखिइरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले संक्रमण जोखिमविरुद्ध लडिरहेकाहरुलाई काम उपयोगी सूचना जारी गरेको छ ।

कोरोना भाइरस ‘कोभिड १९’ को संक्रमणपछि शुरुमै बिरामी पर्नेहरु बढी संक्रामक हुने डब्लूएचओले जानकारी गराएको छ । अनुसन्धानमा संक्रमणपछि शुरुमा बिरामी पर्नेहरुबाट धेरै व्यक्तिमा कोरोना सर्नसक्ने खतरा भएको डब्लूएचओले मंगलबार बताएको हो ।

डब्लूएचओकी महामारीविज्ञ मारिया भान करकोभ भन्छिन्, ‘संक्रमणपछि शुरुवातमै बिरामी पर्ने र कोरोनाको लक्षण देखिनेहरुले धेरै भाइरस बोकेका हुन्छन् जसले अन्यमा बढी कोरोना सार्ने सम्भावना हुन्छ ।’

बिरामी पर्नेहरुबाट सर्ने कोरोना नियन्त्रण गर्न गाह्रो हुने पनि डब्लूएचओले जनाएको छ । यद्यपी मानिसहरुमा कोरोना परीक्षण गरिरहे र व्यक्ति–व्यक्तिबीचको दूरीको नियम पालना गरे कोरोना भाइरसबाट जोगिन सकिने जनाइएको छ ।

स्यानिटाइजर लगाउने, हात धुने र भीडमा नगएमा पनि कोरोनाबाट बच्न सकिने डब्लूएचओले जनाएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL