Logo

कोरोना भाइरस : विश्वभर संक्रमितको संख्या ८१ लाख नाघ्यो, ४२ लाख बढी निको भएर घर फर्किए (अपडेट)

कोरोना भाइरस : विश्वभर संक्रमितको संख्या ८१ लाख नाघ्यो, ४२ लाख बढी निको भएर घर फर्किए (अपडेट)



काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या ८१ लाख १२ हजारभन्दा बढी पुगेको छ । त्यस्तै विश्वभर कोरोना भाइरसका कारण हालसम्म ४ लाख ३९ हजारभन्दा बढी संक्रमितको ज्यान गएको छ ।

यस्तै ४२ लाख १३ हजारभन्दा बढी कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । ५४ हजारभन्दा बढी संक्रमितको अवस्था गम्भीर रहेको छ ।

विश्वभर कोरोना भाइरसविरुद्धको खोप बनाउन वैज्ञानिकहरु लागि परेका छन् । झण्डै १ सयभन्दा बढी वैज्ञानिकहरुको समुह कोरोना खोप बनाउन लागि परेका छन् ।

तर, हालसम्म ठोस सफलता मिल्न सकेको छैन । पछिल्लो समय परीक्षण कार्य तीब्र रुपमा अगाडि बढेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्