Logo

आरडीटी परिक्षणमा रिपोर्ट पोजेटिभ आएपछि स्वास्थ्यकर्मी कुटिए, बोल्न नसक्ने अवस्थामा स्वास्थ्यकर्मी

आरडीटी परिक्षणमा रिपोर्ट पोजेटिभ आएपछि स्वास्थ्यकर्मी कुटिए, बोल्न नसक्ने अवस्थामा स्वास्थ्यकर्मी



काठमाडौं । बाजुरास्थित हिमाली गाउँपालिका–५ कवाडीको क्वारेन्टिनमा बसेकाहरुले आरडिटी गर्न गएका स्वास्थ्यकर्मीमाथि ढुङ्गामुढा प्रहार गरेका छन् । भारतलगायत विभिन्न स्थानबाट घर फर्किएर वडा नं ५ को क्वारेन्टिनमा बसिरहेका उनीहरुले आरडिटी रिपोर्ट पोजेटिभ आएपछि स्वास्थ्यकर्मीमाथि हमला गरेका हुन् ।

उनीहरु क्वारेन्टिनमा बसेको १४ दिन पूरा भएपछि अपराह्न गाउँपालिकाका स्वास्थ्य संयोजक राजबहादुर भण्डारी आफै आरडिटी गर्न पुगेका थिए ।

परीक्षणमा पोजेटिभ आएपछि उनीहरुले भण्डारीमाथि आक्रमण गर्दा छातीमा गम्भीर चोट लागेपछि अहिले प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भइरहेको छ उनको छातीमा बढी चोट लागेका कारण बोल्न सक्ने अवस्था छैन ।

प्रतिक्रिया दिनुहोस्