Logo

सोमबार थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या ६,२११ पुग्यो

सोमबार थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या ६,२११ पुग्यो



काठमाडौं । सोमबार नेपालमा थप ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार मात्रै उक्त संख्यामा नयाँ संक्रमित थपिएका हुन ।

आजै उक्त संख्यामा कोरोना संक्रमित थपिँदा नेपालमा कुल संक्रमितको संख्या ६ हजार २ सय ११ जना पुगेको छ । मन्त्रालयका अनुसार आज मात्रै कोरोना भाईरसलाई जितेर ६७ जना घर फर्किएका छन् । साथै आज मात्रै ५ हजार ३ सय ६ जनाको पीसीआर परिक्षण गरिएको छ ।

आज पोखरामा पीसीआर टेष्ट गर्ने प्रयोगशाला थपिएपछि कुल पिसीआर परिक्षण गर्ने प्रयोगशालाको संख्या २२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्