Logo

सोमबार पनि बढ्यो सुनको भाउ, यस्तो छ कारोबार मूल्य

सोमबार पनि बढ्यो सुनको भाउ, यस्तो छ कारोबार मूल्य



काठमाडौं । लगातार बढीरहेको सुनको मूल्य सोमबार पनि बढेको छ । सोमबार नेपाली बजारमा सुनको मूल्य १ सय रुपैयाँले बढ्दा प्रतितोला ८९ हजार ७ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार बजारमा छापावाला सुन प्रतितोला ८९ हजार ७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ८९ हजार २ सय ६५ रुपैयाँ पुगेको हो ।

यस्तै चाँदीको मूल्य भने १० रुपैयाँले घटेको छ । सोमबार चाँदी प्रतितोला ९ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार चाँदीको मूल्य प्रतितोला ९ सय ३५ रुपैयाँ थियो भने सुन प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भईहेको थियो ।

प्रतिक्रिया दिनुहोस्