Logo

प्रधानमन्त्री ओलीले भने-‘लकडाउन सकिएको होइन, खुकुलो भएको हो’

प्रधानमन्त्री ओलीले भने-‘लकडाउन सकिएको होइन, खुकुलो भएको हो’



काठमाडौं । सरकारले कोरोनाभाइरस नियन्त्रणका लागि लगाएको लकडाउन नसकिएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । लकडाउनलाई केही खुकुलो बनाएको तर यो नसकिएको प्रधानमन्त्रीले बताएका हुन् ।

वैकल्पिक शिक्षा प्रणालीको उद्घाटनका लागि शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले सबै नेपालीलाई सचेत रहन आग्रह गरेका छन् ।

मनखुसी गरेमा परिवार र पूरै समाजमा समेत समस्या आउने भन्दै प्रधानमन्त्री ओलीले सबैलाई सचेत रहन पनि अनुरोध गरेका छन् ।

अब विद्यार्थीको भविष्यको लागि रेडियो, टिभी तथा अनलाइनबाट कक्षाहरु सुरु गर्नु पर्ने अवस्था आएको पनि उनले बताएका छन् । आजको सम्बोधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरसबाट सबै सचेत रहन अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL