Logo

सरिता गिरीलाई सांसद तथा पार्टी सदस्यबाटै निलम्बन, संसदलाई जानकारी गराईदै

सरिता गिरीलाई सांसद तथा पार्टी सदस्यबाटै निलम्बन, संसदलाई जानकारी गराईदै



काठमाडौं । सांसद सरिता गिरीलाई समाजवादी पार्टीले पार्टी सदस्य र सांसद दुबै पदबाट हटाउने भएको छ । पार्टीको ह्विप नमानेका कारण उनलाई दुबै पलबाट निलम्बन गर्न लागिएको हो ।

समाजवादी पार्टीले नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी गिरीलाई पार्टीको ह्विप उल्लंघन गरेको आरोप लगाएको छ । पार्टीको निर्णय विपरित संसदमा नक्सा संसोधन विधेयकको विरुद्धमा प्रस्ताव पेश गरेपछि उनलाई पार्टीले कारबाही गर्ने चेतावनी दिएको थियो ।

सोही अनुसार उनलाई संविधानको अनुसूती संशोधनको पक्षमा मतदान गर्न ह्विप जारी गरेपनि उनले उक्त निर्णय विपरित काम गरेकाले स्वतः कारबाहीमा परेकी हुन ।

हाल पार्टी नेताहरु उपत्यका बाहिर भएकाले निलम्बन गर्न केही दिन लाग्ने पार्टी स्रोतले बताएको छ । उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गर्न लागिएको समेत उक्त पार्टीले जानकारी दिएको छ । यस्तै उनको सांसद पद स्वतः निलम्बन गरिएको पार्टी स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL