काठमाडौं । बीमा समितिले सवारी बीमा गराउने बीमा कम्पनीहरुलाई सवारी बीमाको सूचना जारी गर्न निर्देशन दिएको छ । समितिले लकडाउन खुकुलो भएको भन्दै भोलीदेखि नै सवारी बीमाको शुल्क लाग्ने गरी सूचना जारी गर्न निर्देशन दिएको हो ।
आईतबार एक सर्कुलर जारी गर्दै थन्किएर बसेका सवारी साधनको बीमा छुट असार १ गतेसम्म मात्रै हुने भन्दै यस्तो सूचना निकाल्न निर्देशन दिएको हो ।
समितिको सर्कुलरमा असार १ पछि बीमा शुल्कमा छुट नपाईने स्पष्ट पारिएको छ ।
तर यसअघि समितिले नै लकडाउन अवधिभर अर्थात गाडीहरु थन्किदाको दिनसम्मको बीमा शुल्क नलाग्ने स्पष्ट पारेको थियो । यस्तै उक्त बीमा शुल्कमा २ तिहाई रकम छुट गर्न निर्देशन समेत दिएको थियो ।