Logo

आजै थपिए ४२५ नयाँ संक्रमित, संक्रमितको संख्या ५ हजार ७ सय ६० पुग्यो

आजै थपिए ४२५ नयाँ संक्रमित, संक्रमितको संख्या ५ हजार ७ सय ६० पुग्यो



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ सय २५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजै मात्रै उक्त संख्यामा कोरोना संक्रमित थपिएका हुन ।

मन्त्रालयका अनुसार आजै उक्त संख्यामा संक्रमित थपिँदा ६१ जना संक्रमित भने अस्पतालबाट डिस्चार्ज भएका छन् । यस्तै आजै ६ हजार ८९ जनको पीसीआर परिक्षण समेत गरिएको छ । यसरी आजै ठुलो संख्यामा संक्रमित थपिँदा नेपालमा कुल संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्