Logo

यस्तो छ आजको सुनचाँदीको मूल्य, बढ्यो कि घट्यो ?

यस्तो छ आजको सुनचाँदीको मूल्य, बढ्यो कि घट्यो ?



काठमाडौं । आइतबार नेपाली बाजारमा सुनको मूल्य स्थीर रहेको छ । शुक्रबार प्रतितोला ८९ हजार ६ सयमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज स्थिर रही सोही मूल्यमा नै कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ । त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला ९ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL