Logo

नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९ पुग्यो

नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९ पुग्यो



काठमाडौं । नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । गुल्मीका एक कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९ पुगेको छ ।

जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर चारका ३६ वर्षीय पुरुषको शनिबार राति निधन भएको रेसुङा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए ।

जेठ १२ गते कोरोना पुष्टि भएसँगै उनी सदरमुकाम तम्घासमा उपचार गराई रहेका थिए भने स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि जेठ १३ गतेबाट आइसोलेशनमा राखेर उपचार गरिएको थियो ।

शनिबार राति ९ बजेर २० मिनेट जाँदा उनको निधन भएको र राति नै शवको व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालयल गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए ।

योसँगै गुल्मीमा कोरोना भाइरसका कारण दुइ जनाको मृत्यु भएको छ । यसअघि गुल्मीका कोरोना संक्रमित ४१ वर्षीया पुरुषको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा जेठ ८ गते मृत्यु भएको थियो ।

देशैभर भने कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । शनिबार मात्रै बारा र पर्साका एक एक जनाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्