Logo

कोरोनाको कारण थप २ जनाको मृत्यु, नेपालमा मृतक संख्या १८ पुग्यो

कोरोनाको कारण थप २ जनाको मृत्यु, नेपालमा मृतक संख्या १८ पुग्यो



काठमाडौं । नेपालमा कोरोना भाइरसको कारण थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको निजगढ नगरपालिका वडा नम्बर ६ योजना टोलका पाँच वर्षीय बालक र पर्साका अन्दाजी २५ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

प्रवक्ता डा गौतमका अनुसार लामो समयदेखि ज्वरो र निमोनियाले ग्रसित बालकलाई स्थानीय क्लिनकमा औषधि उपचार गरिँदै आएको भए पनि उच्च ज्वरो आएपछि हिजो हेल्थ केयर अस्पताल पुर्याइएको थियो । उनको आरडिटी परीक्षणमा रिपोर्ट पोजेटिभ आएको र पछि पीसीआर परीक्षणमा पनि रिपोर्ट पोजेटिभ आएको थियो । ती ५ वर्षीय बालकको हिजो साँझ निधन भएको थियो ।

पर्साका अर्का पुरुष पर्साको वीरगञ्जस्थित घण्टाघरमा वेवारिसे अवस्थामा उनको शव फेला परेको थियो । उनको स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा कोरोना पुष्टि भएको गौतमले बताए ।

त्यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ । नेपालमा आज मात्रै थप २ सय ७३ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५ हजार ३ सय ३५ पुगेको छ । त्यस्तै आज मात्रै थप ३६ जना कोरोना उपचारपछि घर फर्किएसँगै कुल १३ जना उपचारपछि घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL