Logo

शनिबार थप २७३ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या ५३३५ पुग्यो

शनिबार थप २७३ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या ५३३५ पुग्यो



काठमाडौं । नेपालमा थप २७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिबार नेपालको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २७३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ५३३५ पुगेको छ। नेपालको ७२ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ।

जसमध्ये ९१३ जना अस्पतालबाट डिस्चार्ज भइसकेका मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले बताए।

प्रतिक्रिया दिनुहोस्
MBL