Logo

नेपालको नयाँ नक्सा अस्वीकार गरेकी सरिता गिरीले संसद छाडेर हिडिंन, भनिन- या मैले आत्महत्या गर्नुपर्छ, या अब युद्ध

नेपालको नयाँ नक्सा अस्वीकार गरेकी सरिता गिरीले संसद छाडेर हिडिंन, भनिन- या मैले आत्महत्या गर्नुपर्छ, या अब युद्ध



जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले आफूमाथि भइरहेका व्यवहारविरुद्ध अब आफूले युद्ध गर्ने बताएकी छिन् । नेपालको नयाँ नक्सा निशान छापमा समावेश गर्न संविधान संशोधन विधेयक २०७७ माथि प्रतिनिधिसभामा छलफल सुरु भएपछि बाहिरिएकी गिरीले यस्तो प्रतिक्रिया दिएकी हुन् ।

उनले सरकारले लिम्पियाधुरा समेत समेटिएको नक्सा सरकारले निशान छापमा राख्न संविधान संशोधन विधेयक ल्याएपछि त्यो विधेयक खारेज गर्न संशोधन दर्ता गराएकी थिइन् ।

तर, शर्त नपुगेको भन्दै उनको संशोधन प्रस्ताव सभामुख अग्निप्रसाद सापकोटाले खारेज गरिदिएका थिए । आफ्नो प्रस्ताव खारेज भएसँगै संसदबाट बाहिरिएकी गिरीले आफूले विरोध जनाउँदै बाहिर निस्किएको प्रतिक्रिया दिएकी हुन् । उनले आफ्नो प्रतिक्रियामा सोधेकी छिन्, ‘अहिले ममाथि प्रहार भइरहेको छ, यो गलत राजनीति होइन रु’

यतिमात्र होइन, उनले अब आफूसँग दुई बाटो मात्र बाँकी रहेको बताएकी छिन् ।

आफू महिला भएकाले आफूमाथि यस्तो प्रहार भएको भन्दै उनले भनेकी छिन्, ‘या त मैले आत्महत्या गर्नुपर्छ, या म युद्धको मैदानमा उत्रिनुपर्छ । म अब युद्धको मैदानमा उत्रिएँ ।’

प्रतिक्रिया दिनुहोस्