Logo

प्रचण्डद्वारा भारतलाई नक्सा प्रकासन गरेर र सडक उद्घाटन गरेर नेपालीलाई एकता हुन् घच्चाएकोमा धन्यवाद

प्रचण्डद्वारा भारतलाई नक्सा प्रकासन गरेर र सडक उद्घाटन गरेर नेपालीलाई एकता हुन् घच्चाएकोमा धन्यवाद



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतलाई नक्सा प्रकासन गरेर र सडक उद्घाटन गरेर नेपालीलाई एकता हुन् घच्चाएकोमा धन्यवाद दिएका छन् ।

प्रतिनिधिसभाको संसद बैठकमा बोल्दै उनले भारतले नेपालीलाई चुनौती दिँदै नयाँ नक्सा सार्वजनिक गरेर सडक उद्घाटन गरेको बताएका हुन् । प्रचण्डले इतिहासको कम्जोरी सच्याउन पूरा गर्न भारतले घच्घचाएको भन्दै नेपालले भारतसँग नेपालले दुश्मन नचाहेको बताए ।

उनले कूटनीतिक वार्तामा बस्न पनि आह्वान गर्दै भारतसँग कूटनीतिक वार्ताबाट समाधान चाहेको बताए ।

उनले भने, ुआज संसदबाट सर्वसम्मत पास हुनु भनेको भारतसँग दूरी बढाउनु चाहीँ हैन । कालापानी, लिम्पियाधुरा, लिपुलेक र सुस्ता क्षेत्र विवादित क्षेत्र हुन र वार्ताको माध्यमबाट समाधान गर्नुपर्छ भनिँदै आएको छ ।’

प्रचण्डले कालापानी र सुस्ता क्षेत्र विवादमा छ भन्ने कुरा भारतले पनि स्वीकार गरेको कुरा हो भन्दै नेपालले वार्ताको लागि अपिल गरिरहँदा भारतले नेपाली भूमिमा खनेको सडक उद्घाटन गरेको बताए ।

उनले नेपाली जनताको भावनालाई भारतले राम्रोसँग बुझिदियोस भन्ने चाहेको बताउदै नेपाली जनताको भावनालाई भारतले राम्रोसँग बुझिदियोस् भन्ने चाहेको बताए ।

सरकारले नेपालको वास्तविक भू–भाग अनुसारको नक्सा निशान छापमा समेट्न संविधानको दोस्रो संशोधन विधेयक ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL