Logo

सरकारले कोरोना रोकथाम उच्चस्तरीय समितिलाई निष्क्रिय बनायो, सेना सम्मिलित सीसीएमसीलाई थप शक्तिशाली बनाईयो

सरकारले कोरोना रोकथाम उच्चस्तरीय समितिलाई निष्क्रिय बनायो, सेना सम्मिलित सीसीएमसीलाई थप शक्तिशाली बनाईयो



काठमाडौं । सरकारले कोरोना संक्रमण नियन्त्रण सम्बन्धी उच्चस्तरीय समन्वय समितिलाई निष्क्रिय बनाएको छ । कोरोना रोकथामका लागि कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) उच्चस्तरीय समिति दुबै हुँदा काम गर्न थप असहज भएको भन्दै निष्क्रिय बनाइएको हो ।

सरकारले उच्चस्तरीय संयन्त्रलाई निष्क्रिय बनाएर सीसीएमसीलाई थप शक्तिशाली बनाउने भएको छ । मन्त्रिपरिषद्को यस अघि भएको बैठकले सीसीएमसीमा थप चारजना मन्त्री राखेर सक्रिय बनाएको हो । सीसीएमसीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, कृषिमन्त्री घनश्याम भुसाल, पर्यटन मन्त्री योगेश भट्टराई, र उर्जामन्त्री वर्षमान पुन थपिएको एक मन्त्रीले जानकारी दिए । यसअघि उपप्रधानमन्त्री पोखरेलसहित गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, संघीय मामिलामन्त्री हृदयेश त्रिपाठी, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र अर्थमन्त्री डा.युवराज खतिवडा थिए ।

‘अब देखि उच्चस्तरीय समितिको बैंठक नबस्नेगरी निष्क्रिय बनाइएको छ,’ ती मन्त्रीले भने, ‘त्यसको सट्टा सीसीएमसीलाई थप पावरफुल बनाइएको छ भने उक्त संयन्त्रको कार्यालयकलाई समेत सिंह दरबारमै सारिएको छ ।’ यस अघि सीसीएमसीको कार्यालय छाउनीस्थित नेपाली सेनाको रेन्जर गणमा राखिएको थियो । यस अघि दुबै समितिको नेतृत्व उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरलले नै गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्