काठमाडौं । शुक्रबार थप ४४८ जनामा कोरोना संक्रमिण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार सो संख्यामा संक्रमण पुष्टि भएको हो । ४४८ जना थपेसँगै संक्रमितको संख्या ५ हजार ६२ जना पुगेको छ ।
संक्रमितहुनेहरुमा मोरङ, झापा, महोत्तरी, चितवन, धादिङ, सप्तरी, उदयपुर, सिरहा, इलाम, सुनसरी, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी, बर्दिया, बाँके, धनुषा, सर्लाही, कपिलवस्तु, दाङ, दैलेख, सुर्खेत, अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, बारा, नुवाकोट तथा रौतहटका रहेका छन ।
मन्त्रालयका अनुसार शुक्रबार १६ जना उपचार पछि घर फर्केका छन । १६ जना घर पर्केसँगै कुल डिस्चार्ज हुनेको संख्या ८७७ जना पुगेको छ ।