Logo

कोरोना संक्रमितको संख्या ७६ लाख नजिक, उपचार पछि साढे ३८ लाख मानिस घर फर्किए (अपडेट)

कोरोना संक्रमितको संख्या ७६ लाख नजिक, उपचार पछि साढे ३८ लाख मानिस घर फर्किए (अपडेट)



काठमाडौं । विश्वमा कोरोना भाईरस संक्रमितको संख्या ७६ लाख नजिक पुगेको छ । तथ्याङ्क अनुसार शुक्रबार बिहानसम्ममा ७५ लाख ९६ हजार ९८७ जना संक्रमित भेटिएका छन ।

कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ४ लाख २३ हजार ८४४ जना पुगेको छ भने उपचार पछि निको भएर घर फर्कनेको संख्या ३८ लाख ४१ हजार ४९३ जना पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै थप १३ हजार ७९ जना नयाँ संक्रमित थपिएका छन भने मृत्यु हुनेको थप संख्या ७५८ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा सबै भन्दा बढी संक्रमित हुने देशहरुमा मेक्सीको र पाकिस्तान रहेका छन । मेक्सीकोमा नयाँ संक्रमित मात्रै ४ हजार ७९० जना थप भएका छन भने पाकिस्तानमा ६ हजार ३९७ जना थपिएका छन । त्यस्तै मृत्युहुनेहरुमा पनि मेक्सीको, पाकिस्तान, बोलिभिया, ग्वाटेमाला, दक्षिण कोरियालगायतका रहेका छन ।

हालसम्म सबै भन्दा बढी प्रभावित भएको अमेरिकामा संक्रमितको संख्या मात्रै २० लाख ८९ हजार ७०१ जना पुगेको छ भने मृत्यु हुनेको संख्या १ लाख १६ हजार ३४ जना पुगेको छ । त्यस्तै अमेरिका पछि दोस्रोमा रहेको ब्राजिलमा ८ लाख ५ हजार ६४९, रसियामा ५ लाख २ हजार ४३६ जना र नेपालको छिमेकी देश भारत २ लाख ९८ हजार २८३ संक्रमित सहित चौथो नम्बरमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्