Logo

निजी तथा सरकारी कार्यालय २ सिफ्टमा संचालन, बिहान ८ बजेदेखि ६ बजेसम्म खुल्ने

निजी तथा सरकारी कार्यालय २ सिफ्टमा संचालन, बिहान ८ बजेदेखि ६ बजेसम्म खुल्ने



काठमाडौं । अब सरकारी तथा निजी क्षेत्रका सबै कार्यालयहरु २ सिफ्टमा संचालन हुने भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद बैठकले अबदेखि सरकारी तथा निजी कार्यालय विहान ८ बजेदेखि १ बजेसम्म एउटा सिफ्ट तथा दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म अर्को सिफ्ट गरेर खोल्न पाउने निर्णय गरेको हो ।

बिहीबार मन्त्रिपरिषदका निर्णयहरु सुनाउँदै सरकारका प्रवक्ता तथा संचार मन्त्री युवराज खतिवडाले २ सिफ्टमा खोल्न दिने निर्णय गरेको बताएका हुन ।

यस्तै उनले बैंक तथा वित्तीय संस्था, बीमा र सहकारी सेवा पूर्ण रुपमा खुला गरिएको जानकारी दिएका छन् । तर यी संस्थाहरु पनि दुई सिफ्टमा सञ्चालन हुनेछन् । कृषि र बनसँग सम्बन्धित सबै काम निर्वाध रुपमा सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्