Logo

प्रदर्शनकारीलाई गृहको चेतावनी, लकडाउन उल्लघंन गर्दै प्रदर्शन गरे ६ महिना जेल

प्रदर्शनकारीलाई गृहको चेतावनी, लकडाउन उल्लघंन गर्दै प्रदर्शन गरे ६ महिना जेल



काठमाडौं । कोरोना महामारीकै बेला सरकारविरूद्ध सडकमा प्रदर्शन हुन थालेपछि गृह मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएको छ । गृहले लकडाउन उल्लंघन गर्नेलाई कारबाहीको चेतावनी दिँदै बिहीबार विज्ञप्ति जारी गर्दै कारवाही गर्ने चेतावनी दिएको हो ।

बिगत केही दिनदेखि विभिन्न बहाना वा माग राखेर सामाजिक सञ्जालबाट सर्वसाधारणलाई निश्चित स्थानमा जम्मा हुन आह्वान गर्ने, जुलुस प्रदर्शन गर्ने र शान्तिपूर्ण धर्नाका नाममा धेरै व्यक्ति सहभागी गराउने, ज्ञापन पत्र दिन जानेजस्ता कामप्रति गृहले गम्भीर ध्यानाकर्षण भएको जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

महामारीको बेला लकडाउन आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रामक रोग ऐन २०२० को दफा ३ को सजायअन्तरगत सम्बन्धित प्रमुख जिल्ला अधिकारीले १ सय देखि ६ सय रुपैयाँसम्म जरिवाना र १ महिनादेखि ६ महिनासम्म थुनामा राख्ने प्रावधान रहेको विज्ञप्तिमा उल्लेख गरेको छ । यसअघि बिहीबार प्रधानमन्त्री निवास बालुवाटारलगायत देशभरका विभिन्न ठाउँमा सयौं मानिस प्रदर्शनमा उत्रिएका थिए ।

प्रतिक्रिया दिनुहोस्