Logo

चारपांग्रे सवारीमा चालकसहित ३ जना चढ्न दिने सरकारको निर्णय, २ पांग्रेमा एक जना मात्रै

चारपांग्रे सवारीमा चालकसहित ३ जना चढ्न दिने सरकारको निर्णय, २ पांग्रेमा एक जना मात्रै



काठमाडौं । सरकारले चारपांग्रे निजी सवारीसाधनमा चालकसहित ३ जना मात्रै चढ्न पाउने निर्णय गरेको छ । जोरविजोर प्रणालीमा संचालन गर्न पाईने चारपांग्रे सवारीसाधनमा चालकसहित ३ जनाले सवारी गर्न पाउनेछन् भने २ पांग्रे अर्थात मोटरसाइकल र स्कुटरमा चालक मात्रै सवार हुन पाउने भएका हुन ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता युवराज खतिवडाले यस्तो निर्णय भएको बताएका हुन । यस्तै सरकारले साईकललाई पनि चलाउन दिने निर्णय गरेको छ । उनका अनुसार अब मोटरसाईकल र स्कुटरमा चालकसहित २ जना सवार हुन पाउनेछैनन ।

प्रतिक्रिया दिनुहोस्