Logo

बिहीबार थप २५० जना कोरोना संक्रमित पुष्टि, संक्रमितको संख्या ४६२२ पुग्यो

बिहीबार थप २५० जना कोरोना संक्रमित पुष्टि, संक्रमितको संख्या ४६२२ पुग्यो



काठमाडौं । बिहीबार थप २५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिएका हुन ।

कोरोना संक्रमित थप भएसँगै संक्रमितको संख्या ४ हजार ६२२ पुगेको छ । संक्रमित हुनेहरुमा रौतहट, बारा, धादिङ, सर्लाही, सप्तरी, महोत्तरी, झापा, दाङ, रोल्पा, बाँके, सुर्खेत, रुपन्देही, कैलाली, कपिलवस्तुलगायत ७२ जिल्लाका रहेका छन ।

त्यस्तै बिहीबार उपचार पछि १८७ जना निको भएर घर फर्केका छन । कोरोना उपचार पछि घर फर्कनेको कुल संख्या ८६१ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्