Logo

विश्वमा साढे ७४ लाख भन्दा बढी कोरोना संक्रमित, उपचार पछि घर फर्कने ३७ लाख बढी (अपडेट)

विश्वमा साढे ७४ लाख भन्दा बढी कोरोना संक्रमित, उपचार पछि घर फर्कने ३७ लाख बढी (अपडेट)



काठमाडौं । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस साढे ७४ लाख भन्दा बढी मानिसमा संक्रमण देखिएको छ । तथ्याङ्क अनुसार हालसम्म ७४ लाख ५१ हजार ९५७ जनामा कोरोना पोजेटिभ देखिएका छन ।

त्यस्तै उक्त भाईरसका कारण ज्यान गुमाउनेको संख्या भने ४ लाख १८ हजार ८९१ जना पुगेको छ । उपचार पछि निको भएर घर फर्कनेको संख्या भने ३७ लाख ३३ हजार ४०१ जना पुगेको छ । उक्त भाईरसले सबै भन्दा बढी अमेरिकामा प्रभाव परेको तथ्याङ्कमा उल्लेख छ ।

तथ्याङ्क अनुसार अमेरिकामा मात्रै २० लाख ६६ हजार ४०१ जना संक्रमित देखिएका छन भने उपचार पछि घर फर्कनेको संख्या ८ लाख ८ हजार ४९४ जना रहेका छन । मृत्यु हुनेको संख्या भने १ लाख १५ हजार १३० जना रहेका छन ।

अमेरिका पछि दोस्रो नम्बरमा रहेको ब्राजिलमा ७ लाख ७५ हजार १८४ जना संक्रमित रहेका छन । उपचार पछि घर फर्कनेको संख्या ३ लाख ८० हजार ३ सय जना रहेका छन भने मृत्यु हुनेको संख्या ३९ हजार ७९७ जना रहेको छ ।

एक लाख भन्दा बढी संक्रमित हुने देशहरुमा भने रसिया, बेलायत, स्पेन, भारत, इटालि, पेरु, जर्मन, इरान, टर्कि, फ्रान्स, चिली, मेक्सीको, पाकिस्तान र साउदी अरेविया रहेका छन । त्यस्तै १० हजार भन्दा माथीको संख्यामा ज्यान गुमाउने देशहरुमा बेलायत, स्पेन, इटालि, फ्रान्स र मेक्सीको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्