Logo

२ दशमलव ७१ अंकले घट्यो नेप्से, ५२ करोडको कारोबार

२ दशमलव ७१ अंकले घट्यो नेप्से, ५२ करोडको कारोबार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२० भदौ,काठमाडौं । साताको पहिलो दिन आइतवार सेयरबजार ओरालो लागेको छ । सो दिन नेप्से परिसुचक २ दशमलव ७१ अंकले घटेर १ हजार १ सय ६६ दशमलव ६९ अंकमा झरेर बजार बन्द भएको छ ।

आइतवार कारोवारमा आएकामध्ये होटल समुहको परिसुचक सवैभन्दा बढी ४४ दशमलव २५ अंकले ओरालो लागेको छ । त्यस्तै जलविद्युतको ३६ दशमलव ८९,बैंकिङ ३ दशमलव ९८ र फाइनान्स समुहको ० दशमलव ३७ अंकले घटेको छ ।

यता बीमा, अन्य तथा विकास बैंकको सूचक भने क्रमशः १६, ५ दशमलव ८७ र ० दशमलव ५३ अंकले घटेको छ । १ सय २३ कम्पनीको ९ लाख ४२ हजार ५ सय ६८ कित्ता सेयरबाट ५२ करोड ४५ लाख ८० हजार बराबरको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL