Logo

भोलीदेखि पसल खोल्न दिईने, निजी सवारीसाधन जोरबिजोर प्रणालीमार्फत संचालन हुने

भोलीदेखि पसल खोल्न दिईने, निजी सवारीसाधन जोरबिजोर प्रणालीमार्फत संचालन हुने



काठमाडौं । सरकारले अब व्यापार व्यवसायका पसलहरु खोल्न दिने निर्णय गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

यस्तै बुधबार साँझ सम्पन्न भएको मन्त्रिपरिषद बैठकले निजी सवारीसाधन जोरबिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय पनि गरेको छ । यो निर्णय बिहिबारदेखि नै लागु हुने मन्त्रिपरिषद निकट स्रोतले जानकारी दिएको छ ।

पछिल्लो समय व्यापारी, व्यवसायीहरुले लकडाउन खुकुलो गरेर पसल खोल्न दिनुपर्ने माग गर्दै आएका थिए । सोही अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनका बारेमा विशेष निर्णय हुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्