Logo

बुधबार थप २७९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४३६४ पुग्यो

बुधबार थप २७९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४३६४ पुग्यो



काठमाडौं । बुधबार थप २७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ४१४ जनामा गरेको पीसीआर परीक्षणमा उक्त संख्यामा पोजेटिभ देखिएको हो । योसँगै संक्रमितको संख्या ४ हजार ३६४ जना पुगेको छ ।

संक्रमित हुनेहरुमा मोरङ, झापा, चितवन, उदयपुर, नवलपुर, सर्लाही, कपिलवस्तु, नवलपरासी पश्चिम प्युठान, पाल्पा, रुपन्देही, बाँके, सप्तरी, सुर्खेत, दैलेख, जाजरकोट, दार्चुला, कैलाली, कञ्चनपुर, डढेलधुरा, धादिङ, धनुषा, गोरखा, नुवाकोट, रौतहट, सिन्धुपाल्चोक र सिरहाका रहेका छन ।

संक्रमण पछि निको हुनेको संख्या भने ९० जना रहेको छ । ९० जना घर पर्केसँगै डिस्चार्ज हुनेको संख्या ६७४ जनना पुगेको छ । त्यस्तै मृतकको संख्या भने १५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्