Logo

सुरक्षा दिएर भित्र्याइयो उपत्यकामा पेट्रोल, वीरगन्ज भन्सारबाट ७० सवारी भित्रिए

सुरक्षा दिएर भित्र्याइयो उपत्यकामा पेट्रोल, वीरगन्ज भन्सारबाट ७० सवारी भित्रिए


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२० भदौ,काठमाडौं । मधेस केन्द्रित विभिन्न मोर्चाले आह्वान गरेको अनिश्चितकालीन तराई–मधेस बन्दका क्रममा प्रहरीले सुरक्षा दिएर भारी मात्रामा उपत्यकामा पेट्रोलियम पदार्थ भित्र्याएको छ ।

यसै क्रममा शनिबार राति र आइतबार बिहानसम्म काठमाडौँ नागढुङ्गा नाकाबाट पेट्रोलका ११, ग्यासका ४६, डिजेलका १२, मट्टितेलका दुई र हवाई इन्धनका १२ ओटा सवारीसाधन भित्रिएको नेपाल प्रहरीले जानकारी दिएको छ ।  बन्दका क्रममा शनिबार राति र आइतबार बिहान मुलुकभर सवारीसाधनलाई सुरक्षा प्रदान गरी सुरक्षित साथ गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

सो क्रममा पूर्व क्षेत्रअन्तर्गत पश्चिमबाट पूर्व जाने ८२ बस, ६५ ट्रक ४३ साना सवारी, ६४ मालवाहक ट्रक गरी २ सय ५४ ओटा र पूर्वबाट पश्चिम जाने ४१ बस, एक सय ६ ट्रक÷कन्टेनर, १२ साना सवारी गरी एक सय ५९ ओटा सवारीलाई स्कर्ट गरी गन्तव्यतर्फ पठाएको छ । भन्सार कार्यालय विराटनगरबाट १० ग्यास, एक सय ६३ ओटा मालवाहक ट्रक नेपाल भित्रिएको प्रहरीले जनाएको छ ।

यसैगरी मध्य क्षेत्रअन्तर्गत वीरगन्ज भन्सारबाट ८६ ट्रक, पेट्रोल ल्याएका ६६, डिजेल ल्याएका ८३, एटिएफका ३३,  ग्यास ल्याएको एक र अक्सिन ल्याएको एक ओटा गरी दुई सय ७० सवारीसाधन नेपाल भित्रिएका छन् । पूर्वबाट आएका ४० बस, एक सय ७७ ट्रक, ११ साना गाडीसमेत दुई सय २८ र पश्चिमबाट पूर्व गएका ६६ बस, ६१ ट्रक, ३४ साना गाडीसमेत एक सय ६१ ओटा सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

पश्चिम क्षेत्रअन्तर्गत पूर्वबाट पश्चिमतर्फ आएका तीन सय २८ बस, तीन सय २९ ट्रक, एक सय ४२ साना गाडी गरी सात सय ९९ र पूर्वतर्फ एक सय ४६ बस, तीन सय ८५ ट्रक, एक सय १४ सानागाडीसमेत ६ सय ४५ ओटा सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको छ ।

मध्यपश्चिम क्षेत्रअन्तर्गत पश्चिमबाट पूर्वतर्फ ५५ बस, ६९ ट्रक, २४ साना गाडी समेतगरी एक सय ४८ र पूर्वबाट पश्चिमतर्फ ७२ बस, ६६ ट्रक, २१ साना गाडीसमेत एक सय ५९ सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको छ । बाँके जमुना नाकाबाट नौ पेट्रोल, २० डिजेल, एक मट्टितेल, २० ग्यास, एक हवाई इन्धनका सवारी साधन ल्याएको र १५ ओटा मालवाहक ट्रक नेपाल भित्रिएका छन् ।

सुदूरपश्चिम क्षेत्रअन्तर्गत पूर्वतर्फ चार बस, पाँच ट्रक र पूर्वबाट पश्चिम आएका पाँचवटा ट्रकलाई प्रहरीले सुरक्षा दिएको छ । कञ्चनपुरको गड्डा नाकाबाट दुई जिप, २० मोटरसाइकल, चार तरकारी बोकेका ट्रक नेपाल भित्रिएको र चार ट्रक, १० मोटरसाइकल बाहिरिएको छ ।

यसैगरी कैलालीको त्रिनगर भन्सारबाट १३ तरकारी बोकेको ट्रक, १७ पेट्रोल ट्याङ्कर, तीन कार र दुईवटा मोटरसाइकल नेपाल भित्रिएको छ भने १० ट्रक र २० जिप बाहिरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL