Logo

प्रधानमन्त्रीको प्रष्टीकरण : लकडाउनमा भारतबाट सवा २ लाख नेपाली भित्रिए, साउनसम्म अझै उच्च रुपमा बढ्छ

प्रधानमन्त्रीको प्रष्टीकरण : लकडाउनमा भारतबाट सवा २ लाख नेपाली भित्रिए, साउनसम्म अझै उच्च रुपमा बढ्छ



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय भारतबाट नेपालीहरु आउने क्रम उच्च रुपमा बढेको भन्दै अबमा दिनमा अझै संक्रमण बढ्ने बताएका छन् । सरकारले लकडाउन सुरु गरेसँगै बैशाखमा ४ लाख ७ हजार ७८ जना भित्रिएको र जेठमा २ लाख २२ हजार ६ सय जना नेपाली भारतबाट भित्रिएको जानकारी दिँदै यसबाट अझै समस्या उत्पन्न हुने बताए ।

हालसम्म कोरोना संक्रमण देखिएका मध्ये ८५ प्रतिशत भारतबाट प्रवेश गरेका नेपाली नागरिक रहेको जानकारी दिँदै त्यसतर्फ सरकारको ध्यान गएको बताए । संसदमा बजेट माथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले बजेट कोरोनालाई समाप्त पार्ने कुरामा नै केन्द्रित रहेको बताए । साथै उनले सरकारको सारा ध्यान कोरोना नियन्त्रणमा भएको र बजेट स्वास्थ्यमै केन्द्रित भएको समेत जानकारी दिए ।

हाल विश्व स्वास्थ्य संगठनको भनाई र तथ्याङ्कलाई आधार मान्ने हो भने पनि साउनको मध्यमा उच्च बिन्दुमा पुग्ने र कार्तिकबाट कम हुने उनले बताए । साथै विदेबाट आउने व्यक्तिहरुको संख्या बढेसँगै नेपाल भित्र कोरोना संक्रमण बढ्न सक्ने उनको आँकलन थियो ।

प्रतिक्रिया दिनुहोस्