Logo

प्रधामन्त्रीले भने, आजको मन्त्रिपरिषद्को बैंठकले लकडाउन खुकुलो बनाउँछ, निजी अस्पतालाई पनि पीसीआर परीक्षणको जिम्मा

प्रधामन्त्रीले भने, आजको मन्त्रिपरिषद्को बैंठकले लकडाउन खुकुलो बनाउँछ, निजी अस्पतालाई पनि पीसीआर परीक्षणको जिम्मा



काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले आज बस्ने मन्त्रिपरिषद बैंठकले लकडाउन खुकुलो बनाउने बताएका छन् । उनले आज प्रतिनिधि सभा संसदलाई संवोधन गर्दै आज बन्ने मन्त्रिपरिषद बैंठकले हाल लागू गरिएको लकडाउनको मोडालिटी परिमार्जन गर्दै सहज बनाईने बताए ।

लकडाउनले जतालाई जिविकोपार्जन गर्न समस्या उत्पन्न भएको भन्दै आजै केही समयपछि बस्ने बैंठकले लकडाउन खुकुलो बनाउने निर्णय गर्ने बताएका हुन् ।

यसैगरी उनले कोरोना परीक्षणलाई तीब्रता दिन पीसीआर परीक्षणका लागि निजी अस्पतालाई समेत समावेश गरिने जानकारी दिएका हुन् । पछिल्लो समय भारतबाट प्रवेश गर्ने नेपाली नागरिकमा कोरोना संक्रमणको जोखिम उच्च भएको भन्दै निजी अस्पतालाई पनि समावेश गरेर पीसीआर परीक्षण गरिने जानकारी दिएका हुन् ।

यसैगरी उनले आजै बस्ने मन्त्रिपरिषद बैंठकले विद्यालय संचालन ल्याउने सम्बन्धमा समेत निर्णय गर्ने बताए । लकडाउनका कारण स्कुल कलेज बढ्ने विद्यार्थीहरु मानसिक रुपमा असर पुर्याएको भन्दै त्यस विषयमा समेत सम्बोधन गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL